२० वर्ष पुगेर बिहे गर्नेले २० हजार पुरस्कार पाउने

बझाङको साइपाल गाउँपालिकामा बालविवाह गर्ने प्रचलन नरोकिएपछि पुरस्कारको योजना ल्याइएको छ । ‘बिहाबारी बीस वर्ष पारी’ नारा बझाङमा महत्वकासाथ प्रचार गरिए पनि बालविवाह रोकिएको छैन् ।

जिल्लाको साइपाल गाँउपालिकाले बालविवाह न्यूनिकरण गर्न पुरस्कारको योजना ल्याएको हो । गाउँसभाले आगामी मंसिरदेखि लागू हुने गरी २० वर्ष उमेर पूरा भएपछि  विवाह  गर्ने जोडीलाई नगद २० हजार दिने निर्णय गरेको छ । 

चीनसँग सीमा जोडिएको साइपाल गाँउपालिकामा बालविवाह प्रचलन धेरै रहेको र पछिल्लो पछिल्ला दिनमा पनि त्यो क्रम रोकिएपछि यस्तो निर्णय गरेको गाँउपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए । 

‘गाँउपालिकाभित्र रहेका सबै विद्यालयका शिक्षक रसमुदायका अगुवालाई पनि पनि बालविवाह दुरुत्साहनका लागि सहयोग गर्न भनेका छौँ’ अध्यक्ष धामीले भने, ‘२० वर्ष उमेर कटेर विवाह गर्नेलाई २० हजार दिने नीतिगत निर्णय पालिकाले गरेको छ ।’ 
 

साइपाल गाँउपालिकामा प्रायले सानै उमेरमै विवाह गर्ने प्रचलन भएकाले महिलाहरुमा धेरै स्वास्थ्य समस्या देखिने गरेको धामीले बताए । बालविवाहले पारिवारिक समस्याहरु पनि देखिएको उनको भनाइ छ ।  
 





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १८:५२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया