लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेश सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै सभामुखमा कोरोना पुष्टि भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा संक्रमण पुष्टि भएको हो । घर्तीले बिहीबार स्वाब दिएकोमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो । 

सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका छन् । 

सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका छन् ।





  • प्रकाशित मिति : असोज २३, २०७७ शुक्रबार १८:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया