ग्यास पड्किँदा ३ जना घाइते, एकको अवस्था गम्भीर

धनगढी उपमहानगरपालिका–८ नवदुर्गा नजिकै हरिलाल विष्टको घरमा खाना पकाउने एलपी ग्यास पड्किँदा विष्ट सहित ३ जना घाइते भएका छन् । 

यस्तै हरिलालकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएका छन् । प्रहरीका अनुसार बिर्मा बिस्टको अवस्था गम्भीर छ । उनीहरु तीनै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार ग्यास लिक भएर भएको विष्फोटमा भान्सा घरमा पूर्णरुपमा क्षति भएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १३:४३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया