भारतमा कोरोना संक्रमित ७३ लाख पुगे, एकै दिन ६८ हजारमा संक्रमण

भारतमा कोरोना संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ । 

पछिल्लो चौबीस घण्टामा भारतमा ६७ हजार ७०८ जना नयाँ संक्रमित भेटिएका छन् । 

मन्त्रालयका अनुसार हाल ८ लाख १२ हजार ३९० जना सक्रिय संक्रमित अवस्थामा छन् भने ६३ लाख ८३ हजार ४४२ जना निको भएका छन् । कोरोना संक्रमितको निको हुने दर भारतमा निकै उत्साहप्रद रहे पनि हालसम्म १ लाख ११ हजार २६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैबीच, भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा १ लाख ९६ हजार ७६१ जना कोरोनाका सक्रिय संक्रमित छन् । महाराष्ट्रमा हालसम्म ४० हजार ८५९ जनाको ज्यान गइसकेको छ । यहाँ १३ लाख १६ हजार जना निको भएका छन् ।

अर्को सर्वाधिक असर परेको कर्नाटक राज्यमा १ लाख १६ हजार व्यक्ति सक्रिय संक्रमित छन् । यस राज्यमा हालसम्म १० हजार १९८ जनाको मृत्यु भएको छ । 

केरला राज्यमा भने १ हजार ६६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार यहाँ २ लाख १५ हजार व्यक्ति निको भएका छन् भने ९३ हजार ९२५ जना अझै सक्रिय संक्रमित अवस्थामा छन् । 



आन्ध्र प्रदेशमा ६ हजार ३१९ जनाको मृत्यु भइसकेको छ भने अझै ४१ हजार ६६९ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । त्यस्तै ५ हजार ८९८ जनाको मृत्यु भएको नयाँदिल्लीमा २१ हजार ९०३ जना सक्रिय संक्रमित छन् । 

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा ९ करोडभन्दा बढी कोरोना परीक्षण गरिएको जनाएको छ ।



  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १३:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया