असई हत्या प्रकरण : सोधपुछका लागि ११ जना पक्राउ
मृतक प्रहरीका शोकाकुल आफन्त ।

कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जनालाई छानबिनका लागि पक्राउ गरेको छ ।
धनगढी उमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका बेला वेपत्ता भएका प्रहरी सहायक निरीक्षकको आइतबार बिहान मोहना नदी किनारमा शव भेटिएको थियो ।
उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ ।   

अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

‘हालै मृतक विकको शव पनि निकालिएको छ, धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ’, उनले भने, ‘विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने छ ।’

शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउँद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ । असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २, २०७७ आइतबार १६:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया