भियतनाममा बाढी र पहिरोमा परेर सय बढीको मृत्यु : लाखौं प्रभावित

भियतनाममा दसौं वर्षपछि आएको बाढी र पहिरोमा परेर सयौं मानिसको मृत्यु भएको छ ।  बाढीमा परेर एक सय बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

ठूलो बाढी पहिरोमा दर्जनौ हराइरहेको र लाखौं प्रभावित भएको बीबीसीले जनाएको छ । दसौं वर्षपछि भियतनाममा ठूलो बाढी आएको रेडक्रसलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

बाढी र पहिरोमा मृत्यु हुने अधिकांश सुरक्षाकर्मी रहेका छन् । बाढी र पहिलोले सबैभन्दा धेरै भियतनामको वाङ बिन् प्रान्त प्रभावित भएको छ । त्यहाँ मात्रै १ लाख ७८ हजारभन्दा धेरै घर जलमग्न भएका छन् । 

त्यहाँका मौसमविद्ले आगामी हप्ता अझै पानी परिरहने भएकाले बाढी पहिरोको जोखिम कायम रहने पूर्वानुमान गरेको समाचारमा उल्लेख गरिएको छ ।

बाढी र पहिरोमा फसेका हजारौं मानिसलाई तत्काल गाँस, बास र पिउने पानीको आवश्यकता रहेको रेडक्रसको अन्तराष्ट्रिय संघले जनाएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक ५, २०७७ बुधबार ५:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया