अग्रज पत्रकार माधवकुमार रिमालको निधन भएको छ । मैतीदेवीस्थित आफ्नै निवासमा आज दिउँसो उनको निधन भएको छोरी सरिता रिमालले जानकारी दिइन् ।
अङ्ग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को करिब एक दशक उनी प्रकाशक एवं सम्पादक थिए ।
९६ वर्षीय रिमालसँग परराष्ट्र सेवामा रहँदा तत्कालीन पूर्वीपाकिस्तानमा नेपाली महावाणिज्यदूतका रुपमा काम गरेको अनुभव थियो ।
उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा बिहीबार बिहान अन्त्येष्टि गरिनेछ ।
विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएकै दिन तत्कालीन राजा वीरेन्द्रसँग भेटघाट गर्ने उनी अन्तिम पत्रकार थिए । उनका तीन छोरा र दुई छोरी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।