आजदेखि २० रुपैयाँको नयाँ नोट चलनचल्चीमा
फाइल तस्बिर

बिहीबारदेखि नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।  बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना सार्वजनिक गर्दै नयाँ नोट आजदेखि बजारमा सार्वजनिक हुने जानकारी दिएको हो । 

२० रुपैयाँको नयाँ नोट साबिककै आकार, रंगको हुनेछ । बार्हसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ  बिहीबारबाट चलनचल्तीमा आउन लागेको हो । 

राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर डाक्टर चिरन्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ । 


त्यसैगरी पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको हुनेछ भने मध्य भागमा बार्हसिङ्गे​को चित्र हुन्छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा RUPEES TWENTY लेखिएको छ । 

राष्ट्र बैंकका अनुसार यो नयाँ नोटमा  सिरिज नम्बर अंग्रेजीमा 2020 A.D. समेत लेखिएको छ । यसअघि पहिलेका नोटमा सिरिज नम्बर भए पनि साल समेटिएको थिएन । 
 





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ७:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया