सामाजिक सन्जालमा विकृति फैलाउनेलाई ५ वर्ष जेल

भारतमा केरल सरकारले सामाजिक सन्जाल तथा साइबर क्राइम मुद्दाहरुमा कडा कदम लिन खोजेको छ । यसका लागि उसले निगरानी बढाउन केरल प्रहरी ऐन लागु गर्ने फैसला गरेको छ ।

द इन्डियन एक्सप्रेसमा छापिएको समाचारअनुसार त्यहाँको क्याबिनेटले यो अध्यदेश पारित गरिसकेको छ ।

यो अध्यादेशअनुसार अब कसैले पनि धम्काउने उद्देश्यका साथ कुनै सन्देश पठाएमा उसमाथि कडा कारवाही गर्ने प्रावधान रहेको छ । यो अध्यादेशअनुसार पाँच वर्ष जेल र दश हजार रुपैयाँ जरिवाना हुनसक्ने बताइएको छ ।

भारतमा पछिल्लो समय विभिन्न राज्यहरुले यस्तै कडा कानुन ल्याउन थालेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार ९:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया