बजार १६ सयमाथि, कारोबार रकम पनि सुधारियो

साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेर बन्द भएको छ । दसैँअगाडिको अन्तिम कारोबार दिन बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

प्रि–ओपनिङ सेसनमै दोहोरो अंकले बढेर बजार खुलेसँगै नेप्से घट्न सुरु भएको थियो । १२ बजेपछि बढ्न थालेको बजार १६०० अंकभन्दा माथि पुगेर बन्द भएको छ ।

बिहीबार नेप्से ८.५४ अंकले बढेर १६०६.२६ अंकमा पुगेको छ । नेप्सेमा होटेल, हाइड्रोपावर, जीवन बिमा र सामूहिक लगानी कोष समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । बजार लिड गर्ने बैंकिङ समूहको सूचक ०.९५ प्रतिशतले बढेको छ ।

दसैँपछि पैसा तिरे हुने भएकाले पनि नेप्सेमा खरिद चाप बढेको जानकारको भनाइ छ । केही समय  भुक्तानी गर्दा हुने भएकाले कारोबार रकम पनि बढेर करिब दुई खर्ब पुगेको छ । 

नेप्सेमा बिहीबार ३० हजार ३२८ वटा कारोबारमा १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड ४५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज कुमारी बैंक अग्रणी छ । १४ प्रतिशत लाभांश घोषणा गरेको बैंकको १४ करोड १५ लाख ४५ हजारको सेयर कारोबार भएको छ । यस्तै, कारोबारका आधारमा एनआईसी एशिया बैंक, अपि पावर, प्राइम कमर्सियल बैंक र नेपाल बैंक अगाडि छन् । 



यस्तै जनरल इन्स्योरेन्सको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । गत साता नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर मूल्यमा लगातार रुपमा पोजेटिभ सर्किट लाग्दै आएको छ । त्यस्तै नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  गुमाउनेमा भने हाइड्रोपावरका लगानीकर्ता अगाडि देखिएका छन् ।



  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १६:१९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया