अफगानिस्तानमा एक स्कुलमा आत्मघाती हमला, १८ को मृत्यु

अफगानिस्तानको एक शिक्षण संस्थाको बाहिर भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि १८ जनाको निधन भएको छ । 

अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार उच्च शिक्षा अध्यापन गराइने एक संस्थाबाहिर यो आक्रमण भएको थियो । शिया मुसलमान बहुल यो क्षेत्रमा भएको आक्रमणमा घाइतेहरुलाई अहिले अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरुले घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरेका छन् । 

इस्लामिक स्टेटले यो घटनाको जिम्मेवारी लिँदै सामाजिक सन्जालमा यसबारे एक विज्ञप्ति राखेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार ८:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया