शाहरुखले हनिमुनमा नै बोलेका थिए गौरीसँग झुट

बलिउड अभिनेता शाहरुख खान र गौरी खानले विवाह गरेको २९ वर्ष पुगिसकेको छ । शाहरुख र गौरीको यो जोडी अहिले पनि बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी हो ।

उनीहरुको विवाहोत्सव भएकाले हुनुपर्छ, भारतीय मिडियामा यसबारे निकै धेरै समाचार अहिले छापिएका छन् । 

त्यहीमध्ये एक हो, हनिमुनमा शाहरुखले गौरीसँग बोलेको झुट । त्यो हो, शाहरुखले गौरीलाई पेरिस लैजान्छु भनेर दार्जिलिङ पुर्याएको कुरा । ‘त्यति बेला मसँग पैसा थिएन,’ शाहरुखले एक अन्तर्वार्तामा भनेका छन्, ‘मैले गौरीलाई पेरिस लैजान्छु भनेर दार्जिलिङ लगेँ ।’ तर, यसबारे गौरीले कुनै पनि ठूलो प्रतिक्रिया नदिएको पनि शाहरुखले बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ९, २०७७ आइतबार ९:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया