गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको निधन

कास्की र नवलपुरका ४ कोरोनाभाइरस संक्रमितको निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । 

आइतबार राति पोखरामा उपचारका क्रममा यी चार जना संक्रमितको निधन भएको हो । तीमध्ये एक पोखरा ५ का ५५ वर्षीय पुरुष हुन् । 

त्यस्तै, नवलपरासी गैंडाकोटका ७३ वर्षका पुरुष, कावासोती २ का ७७ वर्षका पुरुषको पनि आइतबार राति निधन भएको हो । 

गण्डकी प्रदेशमा अहिलेसम्म ६ हजार ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार ९:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया