बागमती प्रदेशका तुइन विस्थापन गरी यसै वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताएका छन् ।  

सोका लागि मन्त्रालयले प्राविधिक टोली जिल्लारजिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताए । उनले काठमाडौँ उपत्यका बाहेक १० जिल्लाका १६ गाउँपालिकामा रहेका खरको छानालाई पनि मुक्त गरी जस्तापाताको छानो निर्माणको दृढता व्यक्त गरे । 

उनले प्रदेशका आठ जिल्लामा परम्परागत २४ राजकुलोको मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य सुरु गरिसकेको पनि जानकारी दिए । मन्त्री फुयाँलले यसै आर्थिक वर्षभित्र १३  जिल्लाका विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करिब सय नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको जानकारी दिए । 

उनले भने, ‘बागमती प्रदेशको स्थायी राजधानी हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी ४ वर्षभित्र सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न गरी यातायात सेवा सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको छ । यसका लागि चाँडै सम्झौता गरिनेछ ।’





  • प्रकाशित मिति : कात्तिक १५, २०७७ शनिबार २०:४७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया