स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सामान्य प्रशासनको निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ ।

मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो । तर, उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनः तीन दिनभित्र पठाउन मन्त्रालयले ताकेकता गर्दै पत्र पठाएको हो । 

मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ । यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण सङ्कलन गरेर निर्वाचन गरेको थियो ।

गत मङ्सिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १६:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया