इन्डोनेसियामा एकै दिनमा ३ हजार ७७८ जना थप व्यक्ति कोरोना सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २९ हजार ५७४ पुगेको छ ।
साथै एकै दिनमा ९४ व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या १४ हजार ४४२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका ३ हजार ५६३ जना एकै दिनमा घर फर्किएपछि कुल ३ लाख ६० हजार ७५० जना कोरोना मुक्त भएका छन् ।
इन्डोनेसियाको ३४ ओटा प्रान्तमा कोरोना सङ्क्रमण फैलिएको छ । विशेष गरी गत २४ घण्टामा जाकार्तामा ६७२ मध्य जाभामा ६१३, पश्चिम जाभामा ५८७ पूर्वी जाभामा २८९ र पश्चिम सुमात्रामा २३५ जना कोरोना सङ्क्रमित भेट्टिएका छन् । तर पपुआ प्रान्तमा भने कोरोनाका कुनै नयाँ सक्रमित फेला परेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।