नेपालमा कोरोनाभाइरसः थपिए २५७१ संक्रमित

सोमबार पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ५ सय ७१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

यीमध्ये १ हजार ५१ जना महिला र १ हजार ५ सय २० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार आज थपिएका कोरोना संक्रमित सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । बागमतीमा मात्र सोमबार १ हजार ६ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा थपिएका छन् । त्यहाँ २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

त्यस्तै, प्रदेश १ मा ३ सय ९ जना, प्रदेश २ मा ६३ जना, गण्डकीमा २ सय १६ जना, लुम्बिनीमा १ सय ७६ जना र सुदूरपश्चिममा १ सय ६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा यो समयमा १ हजार ४ सय २८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यीमध्ये ७ सय ९८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 



पछिल्लो २४ घन्टामा १८ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । यो समयमा १ हजार ७ सय ९८ जनाले कोरोना जितेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार १ सय ७७ जनाको कोरोना पिसिआर परीक्षण गर्दा यो तथ्यांक आएको हो ।



  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १६:२३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया