सिराहामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

सिराहामा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका १ का ६५ वर्षीय पुरुष छन् । 

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत विपिनकुमार यादवले जानकारी दिए । उनका अनुसार मृतकको शव सिराहा ल्याएर नेपाली सेनाले व्यवस्थापन गरेका छन् ।

योसँगै कोरोनाले सिराहामा मृत्यु हुनेको संख्या २१ र प्रदेश २ मा १८१ पुगेको छ । यस प्रदेशमा पछिल्लो २४ घण्टामा ९ महिलासहित ४६ कोरोना संक्रमित थपिएका छन् । 

योसँगै यस प्रदेशमा संक्रमितको संख्या १६ हजार ११७ पुगेको छ । जसमध्ये १४ हजार ९०८ जना निको भइसकेका छन् ।
 





  • प्रकाशित मिति : कात्तिक २४, २०७७ साेमबार १८:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया