चितुवा मृत भेटियो, जुधेर मरेको अनुमान
फाइल फोटो

गोरखा जिल्लामा एक वयस्क चितुवा मृत भेटिएको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा एक पोथी चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाले जानकारी दिएको छ । 

चितुवाको बारेमा स्थानीयबासीले जानकारी दिएपछि डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारी मृत चितुवालाई वन कार्यालयमा ल्याएको डिभिजन कार्यालयले जनाएको छ । 
 
मृत चितुवाको शरीरमा चिथोरिएको जस्तो चोट रहेकाले भाले र पोथी चितुवा जुधेको हुन सक्ने अनुमान बन कार्यालयले गरेको छ । करिब दुईअघि मरेको हुनसक्ने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७७ बिहीबार १२:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया