नयाँ जीवन पाइन् उषाले
उपचारअघि खुट्टाको हड्डी बाहिर निस्किएको अवस्थामा र शल्यक्रियापछि उषा उदा ।

३ वर्ष अगाडि बाख्रा चराउन गएकी थिइन् सिरहा, नरहा गाउँपालिका-१ गौरहाकी दलित किशोरी उषा सदा। साथीसँग खेल्दा खेल्दै रुखबाट लड्दा १४ वर्षीया उषाको दाहिने खुट्टामा गम्भीर चोट लाग्यो। 

हिड्दा खुट्टा अत्याधिक दुख्न थालेपछि उनी मिर्चैयाको एक क्लिनिकमा पुगिन्। डाक्टरले खुट्टाको हाड मर्केको भन्दै प्लाष्टर गरिदिए। एक महिनापछि प्लाष्टर हटाइयो। उनी हिड्डुल गर्न थालिन्। तर पछि खुट्टाको हाड अचानक बाहिर आउन थाल्यो ।

हाड बाहिर आएपछि उनी दैनिक कार्य समेत गर्न नसक्ने अवस्थामा पुगिन्। दिनहुँ छटपटाई छटपटाई दिन काटन बाध्य भइन्। तर आर्थिक अभावका कारण उनी उपचार गराउन सकिनँ। कसैले सहयोग पनि गरेनन्। उषाको घरमा आमा-बुबा र एउटा दाइ छन्। दाइ बाबुआमाबाट अलग भएर बसेका छन्। विगत ५ वर्षदेखि भारतको पञ्जाबमै छन्। ऐलानी ५ धुरमा जग्गामा बनेको सानो झुप्रोभित्र जीवन धानिरहेका छन् उषा र उनका बाबुआमा। 


आमा-बुवा पनि बृद्ध भएर कमाउन नसक्ने भएपछि उषा ठूलो सस्यामा थिइन्। तर उनी अहिले भोर संस्थाका अध्यक्ष राजकुमार महतोको पहलमा उपचार पाएर निको भएकी छन्। 

अध्यक्ष महतोको पहलमा उषालाई हाडजोर्नी विशेषज्ञ डा. रामकेवल साहले निःशुल्क उपचार गरिदिएका हुन्। जनकपुरका डा.साहले धनतेरसकै दिन शुक्रबार उषाको शल्यक्रिया गरे। दलित अगुवा पञ्चु मुखिया भन्छन्, ‘उषाका लागि डा. साह भगवान सावित हुनुभएको छ। उहाँलाई धेरै-धेरै धन्यावद ।’

उषाले भोग्दै आएको पीडा दलित अगुवा सुनिल सदा र धनिर सदाले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका थिए। त्यसपछि उनलाई जनकल्याण मुसहर एकता समाज र रिऋिवंश एकता सेवा समाजले घरखर्चका लागि ५ हजार सहयोग गरेको थियो ।




 



  • प्रकाशित मिति : कात्तिक २९, २०७७ शनिबार १३:५५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया