प्रदेश २ ‘दो टकिया सरकार’ भएको अर्थमन्त्री यादवको गुनासो

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले प्रदेश २ ‘दो टकिया सरकार’ भएको गुनासो गरेका छन्।जनकपुरमा बुधबार आयोजित नेशनल इन्जिनियर्स एसोसिएशन नेपालको प्रथम प्रादेशिक भेलालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो गुनसो गरेका हुन्। उनले भने, ‘हिन्दीमा एउटा गीत छ– २ टकिया की नोकरी, मेरी लाखौंका सावन जाए....। यस्तै अवस्था छ प्रदेश सरकारको।’

उनले ७ प्रदेशलाई १५ प्रतिशत, ७५३ स्थानीय तहलाई १५ प्रतिशत र ७० प्रतिशत बजेट सिंहदरबार केन्द्रीत भएको भन्दै संघीयताको कार्यान्वयण सही ढंगले नगरिएको गुनासो गरे। उनले भने, ‘सुखी नेपाली, समृद्ध नेपालको नाराले देश समृद्ध हुँदैन। नाराले देश समृद्धि हुन्थ्यो भने यो भन्दा पनि आकर्षक नारा ल्याउथ्यो।’

‘संघीय सरकारको बजेटमा ६७ प्रतिशत चालु खर्च र ३३ प्रतिशत पुँजी खर्च छुट्याएको छ’, उनले भने, ‘यसलाई यसरी बुझ्नुस् की ३३ रुपैयाँको विकास गर्न ६७ रुपैया खर्च गर्छन्। अनी कसरी देश समृद्ध बन्छ ?’ समृद्धिका लागि आर्थिक व्यवस्थापन सही ढंगले गर्र्नुपर्ने उनले तर्क गरे।

मन्त्री यादवले अधिकार प्राप्त गर्न संघर्षको विकल्प नभएको भन्दै अब सिंहदरबार केन्द्रीत लडाइ लड्ने तयारी गरिरहेको बताए। उनले देशभरका ८८ प्रतिशत शोषित उत्पीडित जनताका अधिकारका लागि अब संघर्ष गर्ने भन्दै तयार भएर बस्न इन्जिनियरहरुसँग अपिल समेत गरे।
 





  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार ११:२५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया