कोरोनाले धनुषामा वडाध्यक्षको निधन

कोरोना भाइरसको संक्रमणबाट धनुषामा एक वडाध्यक्षको निधन भएको छ । धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको निधन भएको हो ।

५० वर्षीय मोक्तानको बिहीबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । सास फेर्न समस्या भएपछि अस्पताल भर्ना भएका उनको गत सोमबार स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको संख्या २० पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार १५:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया