बिसिजी खोपले कोभिड-१९ रोक्ने एक अध्ययनको निष्कर्ष
सांकेतिक तस्वीर

चीनमा पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९) युरोप, अमेरिका हुँदै दक्षिण एसिया तथा नेपालसम्म आइपुग्यो । नेपालमा सुरुमा यस भाइरस संक्रमित भएकाहरुमा सामान्य लक्षण मात्रै देखिने र यो त्यति धेरै व्यक्तिमा प्रसार भएको थिएन । यस कारण यसका बारेमा अनेक तरिकाबाट चर्चा भएको थियो । युरोप अमेरिकी देशका तुलनामा एसिया विषेश गरी दक्षिण एसियामा कोभिड–१९ बाट मृत्युदर कम थियो । 

यस तथ्यलाई लिएर त्यो बेलामा चर्चा भएको एक विषय थियो बिसिजी खोप। क्षयरोगबाट बच्नका लागि दिइने बिसिजी खोप नेपाल लगायत कम विकसित देशमा बच्चा बेलामै अनिवार्य लगाइने गरेका कारण कोरोना भाइरसले कम असर गरेको चर्चा भएको थियो ।  विज्ञहरुले यो कुरा सत्य नभएको भनेका थिए । बिसिजी एक जिवाणुको विरुद्ध तयार पारिएको खोप भएकाले भाइरसविरुद्ध लड्न यसको कुनै सम्बन्ध नहुने विज्ञहरुको भनाइ थियो । 

कोभिड–१९ भाइरसविरुद्ध बिसिजीले काम गर्छ भन्नु गलत हल्ला मात्रै भएको ठहर विज्ञहरुको ठहर थियो । 

तर एक अध्ययनले  बिसिजी खोपले कोभिड–१९ भाइरसविरुद्ध एन्टिबडी बनाउने तथ्य प्रमाणित भएको दावी प्रस्तुत गरेको छ । जर्नल अफ क्लिनिकल इन्भेस्टिगेशनमा प्रकाशित एक अुनुसन्धान रिपोर्टमा कोभिड–१९ भाइरस संक्रमण रोक्नका लागि बिसिजी खोप प्रभावकारी हुने दावी गरिएको छ। 

अमेरिकाका केही वैज्ञानिकहरुले गरेको यस अध्ययनमा यस्तो निष्कर्ष निस्किएको दावी गरिएको छ । रिपोर्टका अनुसार ६ हजार २०१ स्वास्थ्य कर्मीमा अनुसन्धान गरिएको थियो । जसमा करिब ३० प्रतिशतले पहिले बिसिजी खोप लगाएको पाइएको थियो भने करिब ७० प्रतिशतले नलगाएको पाइएको थियो । 

यी स्वास्थ्यकर्मीको रगत परीक्षण गरिएको थियो । यसमा बिसिजी खोप लगाउनेहरुमा कोभिड–१९ संक्रमणको सम्भावना कम देखिएको थियो । कोभिड–१९ को पोजेटिभ रिपोर्ट देखिएकाहरुमा पनि बिसिजी खोप लगाउनेहरुमा यसका लक्षणहरु खासै नदेखिएको अध्ययनबाट देखिएको दावी गरिएको छ । बिसिजी खोप कोभिड–१९ लाई रोक्न सहयोगी हुने निष्कर्ष अध्ययनले निकालेको छ । 



 बिसिजी खोप  लगाउनेमा कोभिड–१९ लड्ने प्रतिरोधी क्षमता धेरै भएकव् पाइएको दावी शोधकर्ताको छ । 



  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार ८:२०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया