डानिल मेडभेदेबलाई एटिपी फाइनल्सको उपाधि

रसियन टेनिस खेलाडी डानिल मेडभेदेबले एटिपी फाइनल्सको उपाधि हात पारेका छन् । उनले आइतबार राति लन्डनमा भएको फाइनल खेलमा तेस्रो बरीयताका अस्ट्रियन खेलाडी डोमिनिक थिएमलाई ४–६, ७–६ (७–२) र ६–४ ले पराजित गरेका हुन् । 

चौथो बरीयताका २४ वर्षीय मेडभेदेबले करियरकै पहिलो ठूलो उपाधि हात पार्ने क्रममा बरीयताका शीर्ष खेलाडीलाई पराजित गरे । उनी एकै प्रतियोगितामा बरीयताका शीर्ष तीन खेलाडीलाई पराजित गर्ने पहिलो खेलाडी पनि बने । 

प्रतियोगिताको समूह चरणमा शीर्ष बरीयताका नोभाक जोकोविचलाई पराजित गरेका मेडभेदेबले सेमिफानलमा दोस्रो बरीयताका राफेल नाडाललाई पराजित गरेका थिए । 

युएस ओपन विजेता थिएम पनि समूह चरणमा नाडल र समेमिफाइनलमा जोकोविचलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेका थिए ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १२:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया