भारतले थप ४३ चिनियाँ एपमा प्रतिबन्ध लगायो

भारतले  थप ४३ चिनियाँ  मोबाइल एपलाई प्रतिबन्धित लगाएको छ ।  भारतको सूचना प्रविधि मन्त्रालयले  मंगलबार ती एपमाथि प्रतिबन्ध लाउने निर्णय गरेको हो। 

प्रतिबन्धित एपहरुमध्ये चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एपहरू रहेका छन् । ती एपहरुले भारतको सार्वभौमसत्ता र गोपनीयलाई खलल् पुर्या‍उने दावी गरिएको छ ।  टाइम्स अफ इन्डियाका अनुसार हालसम्म भारतले २६७ मोबाइल एपलाई प्रतिबन्ध लगाइसकेको छ । 

भारतले केही महिनाअघि भिडियो सेयरिङ एप टिकटक र पब्जी खेलको एपमा प्रतिबन्ध लगाएको थियो ।  चिनियाँ मोबाइल एपहरुले भारतीय प्रयोगकर्ताका गोप्य

विवरणहरू संकलन गरी चीन पु–याएको आरोप भारतले लगाएको थियो । 





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १२:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया