सुदूरपश्चिमको पहिलो चौमासिक बजेट खर्च ६.२९ प्रतिशत
बुधबार आयोजित पत्रकार सम्मेलनमा पहिलो चौमासिकको बजेट खर्चबारे जानकारी दिँदै मन्त्री बोहरा । तस्वीर : फरकधार

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चौमासिकमा ६ दशमलव २९ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ ।

कात्तिक मसान्तसम्म चालुतर्फ एक अर्ब १० करोड ४७ लाख र पुँजीगततर्फ ९९ करोड २८ लाख रुपैयाँ गरी दुई अर्ब नौ करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । 

चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्च प्रगति ९० प्रतिशत पु¥याउने लक्ष्य रहेको आर्थिक मामिला तथ योजना मन्त्री झपट बोहराले बताए । चालु वर्षमा सुदूरपश्चिम प्रदेशले ३३ अर्ब २८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम चौमासिक बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै मन्त्री बोहोराले गत वर्षको तुलनामा १ दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको बताए ।

यस्तै, प्रदेशले पहिलो चौमासिकमा गत वर्ष भन्दा ६४.४५ प्रतिशत बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पहिलो चौमासिकमा लक्ष्यको ४५.९३ प्रतिशत अर्थात् ३१ करोड ९ लाख ६६ हजार राजस्व संकलन गरेको हो । 

 





  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १६:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया