नेपाली जनता फेरि दासतामा फर्किने छैनन् : बाबुराम
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली जनाता फेरि दासतामा नफर्किने दाबी गरेका छन् । 

देशका प्रमुख सहरमा राजावादीहरुले प्रायोजित ढंगले प्रदर्शन गरिरहेकोप्रति आपत्ति जनाउँदै उनले यस्तो दाबी गरेका हुन् । 

बाबुरामले सार्वभौम बनेका नागरिक २१ औं शताब्दीमा फेरि दासतामा नफर्किने बताएका हुन् । उनले राजावादीहरुको प्रदर्शन २०१७ सालमा योगी नरहरिनाथको भद्दा नक्कल भएको उल्लेख गरेका छन् । 

‘यौटै शैलीमा देशका प्रमुख शहर र काठमाडौंमा गरिएका राजावादीका प्रायोजित हर्कतले २०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘तर यो २१ औं शताब्दी हो। सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन्।’ 

उनले आफ्नो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसकेको दाबीसमेत गरेका छन् । ‘हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षागर्न नातीपुस्ता जन्मिसकेको छ है !’, उनले थप लेखेका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार ६:५८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया