प्रधानमन्त्रीको व्यस्तताका कारण मप विश्वविद्यालयको सभा मंसिर ३० गते काठमाडौँमा बस्दै

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आगामी सभा (सिनेट) मंसिर ३० गते काठमाडौँमा बस्ने भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओली सुर्खेत आउन नसक्ने भएपछि सभा काठमाडौँमै बस्न लागिएको हो । 

विश्वविद्यालय जहाँ छ, त्यहीँ ठाउँमा सिनेट हुनुपर्ने भए पनि विश्वविद्यालयको सिनेट काठमाडौँमा बस्न लागेको हो । काठमाडौंमा बस्ने सिनेटको तयारी भइरहेको उपकुलपति प्रा.डा. सिंहले जानकारी दिए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कुलपतिको कार्यव्यस्तताका कारण सिनेट काठमाडौँमा हुन लागेको जानकारी दिए ।

सिनेटमा विश्वविद्यालय सम्पतिको रक्षा गर्नेदेखि आधुनिक विश्वविद्यालय बनाउने सम्मका एजेण्डा तय गरिएको उपकुलपति प्रा.डा.सिंहको भनाइ छ । विश्वविद्यालयभित्र हिजोका विकृतिलाई कानुनतः सुधारेर लगिने उनको भनाइ छ । 

शैक्षिक र प्रशासनिक सुधार, थप नयाँ शैक्षिक कार्यक्रम, कृषि तथा वन संकाय, मेडिकल साइन्स संकाय, अनुसन्धान विकास केन्द्र र ज्ञान सीप तथा प्रविधिसम्बन्धी कर्णाली शैक्षिक संस्थालगायत शैक्षिक कार्यक्रमको विषयमा पनि सिनेटमा छलफल हुने बताइएको छ । 

सिनेटमा विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै ‘सुरक्षा एकाइ’ बनाउन ‘सुरक्षा एकाइ’ गठनको प्रस्ताव पनि पेस गर्ने तयारी रहेको उपकुलपति प्रा.डा. सिंहको भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १७:५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया