सडकमा देखिन थालेको प्रदर्शन गणतन्त्रप्रतिको निराशाः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रप्रति निराशा छाएकाले सडकबाट राजतन्त्रको माग भएको बताएका छन् । 

बिहीबार हेटौँडामा पार्टीको चुनाव चिह्न हलोको झण्डोत्तलन गर्दै उनले सडकमा देखिन थालेको प्रदर्शन गणतन्त्रप्रतिको निराशा भएको टिप्पणी गरे । 

विदेशी शक्तिसँग झुकेर नेपाललाई जबर्जस्ती रुपमा गणतन्त्र लादेको भन्दै थापाले तत्कालीन ७ दल र माओवादीको आलोचना गरे । 

नेपालमा कम्युनिस्ट र कांग्रेसपछि सांगठनिक रुपमा राप्रपा बलियो भएको दाबी गर्दै उनले पार्टी एकतासँगै राप्रपा नेपाली जनताका लागि वैकल्पिक शक्ति बन्ने दाबी गरे । 

प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणालाई मनाउन नसक्दा बाध्य भएर हलो चुनाव चिह्न स्विकारेको बताए । 





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार १७:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया