अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । 

बस्न्यातलाई आइतबार विशेष अदालतले थुनामा राख्न आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा सार्न भूमिका खेलेको भन्दै उनीमाथि भ्रष्टाचारको अभियोग लागेको छ । 

विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । 

आदेशअघि बस्न्यातसँग आइतबारै विशेष अदालतमा बयान लिइएको थियो । बयान सकिएलगत्तै भएको थुनछेक बहसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । 

अदालतको आदेशअनुसार बस्न्यात मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा बस्नुपर्नेछ । यद्यपि उनले विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछन् । 





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १९:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया