कोरोनाबाट सुर्खेतमा ४९ वर्षीया पुरुषको मृत्यु

कोरोना संक्रमित सुर्खेतका एक पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–९ का ४९ वर्षीय पुरुषको ग्रान्डी इन्टरनेसनल अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।

ती पुरुषमा मंसिर ८ गते प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेका पुरुषको स्वास्थ्यमा समस्या आएपछि परिवारको आग्रहमा उनलाई नेपालगञ्ज रिफर गरिएको थियो । श्वासप्रश्वासको समस्या देखिएका उनलाई नेपालगञ्ज मेडिकल कलेजमा दुई दिन उपचार गरिएको थियो ।

अवस्था जटिल बन्दै गएपछि भेरी अस्पतालमा भर्ना गरिएका उनलाई त्यहाँ पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ । 

भेन्टिलेटरमा राखी उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि शनिबार राति ११ मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनको आइतबार बाँकेमा अन्तिम संस्कार गरिएको छ । योसँगै कर्णालीमा कुल कोरोना संक्रमित मध्ये हालसम्म २२ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १५:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया