अदालतको निर्णय कुर्दै निर्वाचनको तयारी गरौँः निधि

नेपाली कांग्रेसलाई संसद विघटनबारे ठोस धारणा सार्वजनिक गर्न नसकेको आरोप लागिरहेका वेला सो पार्टीका उपसभापति विमलेन्द्र निधिले निर्वाचनको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले घोषित समयमा निर्वाचन हुने सुनिश्चित भए कांग्रेस चुनावमा जानुपर्ने बताएका हुन् । नेता निधिले अदालतको निर्णय कुर्दै निर्वाचनको तयारी पनि गर्नुपर्ने बताएका हुन् । 

संसद विघटनका सन्दर्भमा पार्टीको औपचारिक निर्णय सार्वजनिक गर्न नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो । 

बैठकमा निधिले सडक आन्दोलनभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १८:२६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया