भारतमा पनि भेटियो कोरोनाको नयाँ प्रजाति
प्रतीकात्मक तस्बिर

पछिल्लो समय बेलायतबाट भारत आएका केही व्यक्तिमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको रोयटर्सले जनाएको छ । 
कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको बताइएको छ । कोरोनाको नयाँ प्रजाति देखिएपछि थुप्रै देशले आफ्नो सीमासमेत सिल गरेका छन् । 
भारतमा हालसम्म ६ जना व्यक्तिमा कोरोनाको नयाँ प्रकार भेटिएको बताइएको छ । उनीहरु सबैलाई भिन्न राखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उनीहरुसँग आएका यात्रीको पहिचान कार्य भइरहेको बताएको छ । 
मन्त्रालयका अनुसार भारतले महिनाको अन्त्यसम्म बेलायतबाट आउने सबै उडान रद्ध गरेको । नोभेम्बर अन्त्यदेखि हालसम्म बेलायतबाट लगभग ३३ हजार यात्री भारत आइसकेका छन् । 
मन्त्रालयका अनुसार यी मानिसमध्ये ११४ जना कोरोनाभाइरस संक्रमण देखिएको थियो । उनीहरुको नमूनामा नयाँ स्ट्रेनको अनुसन्धान भइरहेको छ । यो स्ट्रेन युरोप र एशियाका केही हिस्सामा पाइएका छन् ।





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १३:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया