फूल बुट्टे सारीको चाइल्ड भर्सन

पछिल्लो समय ‘फूले बुट्टे सारी’बोलको गीत निक्कै लोकप्रिय भयो । गायिका मिलन नेवार र मार्मिक लामाको स्वर रहेको गीत हो यो । यो गीत युट्युबदेखि टिकटकसम्म निक्कै रुचाइयो ।

महिला र पुरुष दुवै स्वरमा गीत लोकप्रिय भएपछि गीतको चाइल्ड भर्सन पनि सार्वजनिक गरिएको छ । गीतको चाइल्ड भर्सनमा अरिष्मा शिवाकोटीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

गीतको चाइल्ड भर्सन सार्वजनिक कार्यक्रममा ‘फुल बुट्टे’ सारी लोकप्रिय भएको भन्दै २ अग्रजलाई सम्मान समेत गरियो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो । गीतले युट्युबमा करोड भ्युज पाएको उपलक्ष्यमा केक काटेर सेलिब्रेट समेत गरियो ।

 





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १२:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया