आन्दोलनका नाममा अदातलाई धम्क्याउन मिल्दैन : देउवा
ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि अचानक निर्वाचन घोषणा गरेर असंवैधानिक कदम चालेको बताएका छन्। 

मेलमिलाप दिवसका अवसरमा बिहीबार नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक भएको  टिप्पणी गरेका छन्।


‘ओलीले अचानक निर्वाचन घोषणा गरेर असंवैधानिक काम गरेका छन्', उनले भने, 'ओलीको कदम अलोकतान्त्रिक पनि छ।' नेपाली कांग्रेसले कहिले पनि हिंसात्मक बाटो नअपनाउने पनि देउवाले बताए। उनले संसद विघटनपछिको अवस्थामा अदालतलाई धम्क्याएर निर्णय गराउन दबाब दिन नमिल्ने पनि उल्लेख गरेका छन्। 

‘आन्दोलनका नाममा अदालतलाई धम्क्याउन मिल्दैन । कसैको पक्षमा निर्णय भएन भन्दैमा अदालतलाई गाली गर्नु उचित हुँदैन', उनले भने, 'त्यही भएकाले सोचविचार गरेर नै हामीले आन्दोलन नगरेका हौँ। हामी सबैले अदालतको निर्णय पर्खनुपर्छ।’

सभापति देउवाले कुनै पनि बहानामा कसैको पनि एकदलीय शासन नमान्‍ने प्रष्ट पारे। 'प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक विधि अनुसार अहिंसात्मक रुपमा अघि बढ्नुपर्छ', उनले भने। देउवाले स्वतन्त्र न्यायालय बचाए मात्रै लोकतन्त्र बच्ने प्रष्ट पारे। 'स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वतन्त्र न्यायालयको निर्णय हामी सबैले मान्‍नुपर्छ,’ देउवाले भने, ‘हामी संसद विघटनपछिका सबै कुरा नेपाली जनतामाझ पुर्‍याउन चाहन्छौँ।'





  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १२:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया