भेरी बस दुर्घटना : बसमा सवार तीनमध्ये एकको मृत्यु, एक घाइते र एक बेपत्ता

छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका–९ गराले भुल्के नजिकैबाट भेरी नदीमा खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३ का सुमन नेपाली रहेका छन् । 

दाङबाट सल्यान कालिमाटी हुँदै सल्लीबजार सल्यानतर्फ जाँदै गरेको ना५ख ७७५० नम्बरको बस दुर्घटना भएको हो । कालिमाटी गाउँपालिका–४ खैरेनी सल्यानका ईश्वर सुनार घाइते भएका छन् । 

उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

दुर्घटनामा एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरले उनको खोजीकार्य जारी रहेको बताएका छन् । 

‘घाइतेले बताएअनुसार बसमा तीनजना सवारथिए । तीमध्ये दुईजना भेटिए पनि एकजना बेपत्ता छन्,’ उनले भने ।





  • प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार १८:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया