धनगढी पुगेर भीम रावलमाथि खनिए प्रधानमन्त्री ओली

शुक्रबार नेकपामा आफ्नो समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासको वाधक नेकपा नेता भीम रावल भएको आरोप लगाएका छन् । 

सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावलको नाम त लिएनन् तर सुदूरपश्चिमको विकासमा भीम रावलले बाधा पुर्याइरहेको बताए ।

उनले अहिले मान्छेभन्दा कुरा ठूला गर्ने गरेको भन्दै रावलको नाम नलिइ व्यंग्य गरेका हुन् । ‘कुराकानी सानातिना छैनन्, मान्छेभन्दा कुरा ठूला,’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका थिए, ‘यस प्रदेशको समस्या हो त्यो मान्छे, अब त्यो समस्या अन्त्य भएको छ ।’

यसअघि उनले अछामको एउटा केटो भनेर आफ्नो सम्बोधन सुरु गरेका थिए । 

मन्त्री पद नपाएपछि रावलले आफूविरुद्ध बोल्दै हिँडेको पनि प्रधानमन्त्री ओलीले आरोप लगाए ।





  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १:२१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया