चुनावमा जुट्यो प्रहरी : बनाइयो केन्द्रीय निर्वाचन सेल

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि नेपाल प्रहरी निर्वाचनको तयारीमा जुटेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद् विघटन गरेर निर्वाचनको मिति तय गरेका हुन् ।

वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेको करिब २० दिनपछि प्रहरीले निर्वाचनलाई लक्षित आफ्ना तयारी सुरु गरेको छ ।

यसका लागि प्रहरी प्रधान कार्यालयले एउटा समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचनका लागि एआइजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको हो ।

संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले द्रुत गतिमा तयारी भने सुरु नभएको प्रहरी मुख्यालय स्रोतले जनायो । चुनाव हुने/नहुने अन्योल रहे पनि नेपाल प्रहरी चुनावी तयारीमा जुटिसकेको छ । ती प्रहरी अधिकारीका अनुसार चुनावका लागि अहिलेसम्म सामान्य छलफलबाहेक अरु केही भएको छैन ।

प्रहरी प्रवक्ता वसन्त बहादुर कुँवरले सरकारले निर्वाचन घोषणा गरिसकेपछि त्यसको सुरक्षा मिलाउन जिम्मेवारी प्रहरीको रहेको भन्दै तयारीमा प्रहरी लागिसकेको जनाए । 



प्रहरी प्रवक्ता कुँवरका अनुसार सुरक्षा तयारीका लागि प्रहरी मुख्यालयले बितेको शुक्रबार एआईजी विश्वराज पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल समेत निर्माण गरेको छ । 

उनी भन्छन्, ‘जसले देशभरका मतदान केन्द्रको सुरक्षा अध्ययनदेखि जनशक्ति परिचालन, सवारी साधनको व्यवस्थापनबारे रिपोर्ट तयार गर्नेछ ।’ त्यसपछि आवश्यकता अनुसार थप रणनीति बनाएर अगाढि बढ्ने प्रहरीको तयारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १२:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया