नेपाली कम्पनीले मल ल्याउन सकेनन्
प्रतीकात्मक तस्बिर

गतवर्षदेखि नै मल अभावको विषय निक्कै चर्चामा रह्यो । विवादकै बीच सरकारले बंगलादेशबाट मल ल्याउनेदेखि नेपाली कम्पनीमार्फत मल ल्याउन ठेक्का दिनेसम्मका काम गर्यो । तर, ठेक्का पाएका कुनै पनि नेपाली कम्पनीले मल आयात गर्न सकेनन् । मल किनेको अनुभव नै नभएका कारण नेपाली कम्पनीले ठेक्का पाएर पनि मल आयात गर्न नसकेका हुन् । 

हाल नेपाली कम्पनीले पाएका ६ वटै ठेक्का अलपत्र परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार सैलुङ इन्टरप्राइजेजले गत वैशाख दोस्रो साता र साउन पहिलो सातामा पटकपटक गरी कुल ८० हजार मेट्रिकटन (मेटन) युरिया मल किन्नका लागि ठेक्का पाएको थियो । 

त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले साउन १८ गते २५ हजार मेटन युरिया र ३० हजार मेटन डिएपी किन्न तथा आयातको ठेक्का पाएको थियो । यी सबै ठेक्काको म्याद समाप्त भइसकेको छ ।

सैलुङ इन्टरप्राइजेजले गत भदौ र कात्तिक महिनामा नै दुई वटा ठेक्का अलपत्र पारिसकेको थियो भने उसले पाएको तेस्रो ठेक्काको म्याद मङ्सिर १३ गते सकिएको हो । मुक्तिनाथ कम्पनीको पनि मङ्सिर १८ र १९ गते दुवै ठेक्काको म्याद सकिएको छ ।

पहिलोपटक ठेक्का पाएका यी दुवै कम्पनीसँग यसअघि मल किनेको तथा आयातको अनुभव नभएका कारण मल आयात गर्न नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ  

दुवै कम्पनीलाई मल आयातको अनुभव छैन भन्ने थाहा हुँदाहुँदै पनि सार्वजनिक खरीद ऐन र नियमावलीअन्तर्गत रहेर निकालिएको ४६ दिने ग्लोबल टेन्डरमा सबैभन्दा कम रकम बोलकबोल गरेकाले नै ठेक्का दिएको मन्त्रालयको दाबी छ । 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १३:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया