नारायणकाजीको प्रवेशका कारण माओवादी छिन्नभिन्न भयो : मन्त्री भट्ट

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पूर्वमाओवादी छिन्नभिन्न हुनुमा नारायणकाजी श्रेष्ठको प्रवेश मुख्य कारण रहेको बताएका छन् ।

हाल नेकपाको ओली समूहमा लागेका नेता भट्टले मंगलबार ओली समूहले धनगढीमा आयोजना गरेको तेस्रो बैठकमा बोल्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा श्रेष्ठलाई भित्र्याउनु नै पूर्वमाओवादीको अवसानको कारण भएको ठोकुवा गरे । 

श्रेष्ठलाई माओवादीमा ल्याउनु ठूलो भूल भएको उल्लेख गर्दै उनले उनलाई नल्याएको भए माओवादी पार्टी हिजोको भन्दा ठूलो बलियो हुने दाबी गरे । 

वैद्य, बादल र विप्लवले पार्टी छाड्नुको कारण पनि श्रेष्ठ रहेको आरोप लगाउँदै उनले भने, ‘नारायणकाजी त्यो पार्टीमा धमिरोको रूपमा पसे र आज पनि यहाँ त्यही गरे ।’

प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आउँदा मुख्यमन्त्री त्रिलाेचन भट्ट स्वागतमा नगएर परम्पराविपरीत ​काम गरेकाे उनले बताए । मुख्यमन्त्री भट्ट चाकरीमा लागेको भट्टको आरोप थियो ।

भट्टले सरकारले घोषणा गरेको मिति वैशाख १७ र २७ मै निर्वाचन हुने भन्दै ओलीले नेतृत्व गरेको पार्टी नै अधिकारिक हुने दाबी गरे । 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १८:६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया