नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा तेस्रो दिन नै मागभन्दा बढी आवेदन, ५० कित्तामात्र पर्ने सम्भावना

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा तेस्रो दिन बिहानसम्ममा नै मागभन्दा बढी आवेदन परेको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार आइतबार बिहानसम्म कुल निष्कासित सेयर संख्याभन्दा बढीका लागि आवेदन परिसकेको छ  

बैंकको आईपीओमा ६ लाख ४९ हजार ६४७ आबेदनबाट ८ करोड ७ लाख ४४ हजार ६७० कित्ता सेयरको लागि ८ अर्ब ८ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताभन्दा यो ओदन करिब ५० लाखले बढी हो ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासनमा ल्याएको छ । त्यसमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने पाउनेछन् ।

बैंकको आईपीओमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोसेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आइपिओमा आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले ठुलो संख्यामा सेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले सेयर पाउने पक्का छ ।



पछिल्लो समय निष्कासन चन्द्रागिरि हिल्सको आइपिओमा आवेदन गर्नेको संख्या साढे १२ लाखभन्दा बढी थियो । त्यस अनुसार बैंकको आइपिओमा आवेदन गर्नेको १५ लाख पुग्ने सहजै अनुमान गर्न सकिन्छ । धितोपत्र बोर्डको पछिल्लो तथ्यांक अनुसार २५ लाख डिम्याट खाता खुलिसकेको छ भने अझै डिम्याट खाता खोल्नेको संख्या पनि बढ्दै छ ।

सबै आवेदनलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता सेयर पर्ने देखिन्छ । तर केही आवेदनले ५० कित्ताभन्दा कम पनि आबेदन गर्ने भएकाले  ७० कित्तासम्मको लागि आवेदन गर्दा उपयुक्त हुन्छ ।



इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

हल १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ  निष्कासन थरेको हो । बैंकको आइपिओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।
 

  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १४:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया