भारतमा कोरोना भ्याक्सिन लगाएका ४ जना गम्भीर

भारतमा शनिबारबाट पूरै देशमा कोरोनाभाइरस भ्याक्सिन लगाउन सुरु गरिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार दोस्रो दिन आइतबार २ लाख २४ हजार ३ सय १ जनालाई कोरोना भ्याक्सिन लगाइएको छ । 

यसमा अहिलेसम्म ४ सय ४७ जनालाई नराम्रो असर गरेको र साइड इफेक्ट देखिएको बताइएको छ । 

भारतका अनुसार शनिबार र आइतबार दुई दिनमा विश्वमै सबैभन्दा धेरै कोरोना खोप भारतमा लगाइएको हो । एक दिनमा नै भारतमा २ लाख ७ हजार २ सय २९ जनालाई खोप लगाइएको हो । यो विश्वमा एकै दिनमा खोप लगाइएको सबैभन्दा धेरै हो ।

मन्त्रालयले यो खोप लगाएपछि ४ जना गम्भीर भएको पनि बताएको छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ । तर, कोरोना भ्याक्सिनपछि समस्या देखिएको यो संख्या अत्यन्त न्यून भएको बताइएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार २३:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया