सोलुखुम्बुमा ट्रक दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ। दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानामा रहेको महादेव भीरबाट खसेर आइचर ट्रक दुर्घटना भएको हो ।
आइतबार राति साढे ११ बजेतिर बा४ख ७९८० नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा चालक धादिङ घर भएका ३३ वर्षीय कमल मगर, हेटौँडाका ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरी रहेका छन् ।
दुर्घटनामा परी हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।
ट्रक दूधकोशी सोलुखोला जलविद्युत् आयोजना(८६ मेगावाट)को निर्माण सामग्री लिएर जाँदै गरेका बेला दुर्घटनमा परेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।