प्रतिनिधिसभा विघटन रिटमाथि सुनुवाइ सुरु

आइतबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनका सम्बन्धमा परेका रिटमाथि सोमबार पुन: सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो । सर्वोच्चले अब दैनिकरुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ ।

संसद विघटनविरुद्ध परेका रिटमाथि आइतबार सर्वोच्च अदालतमा संवैधानिक इजलासमा बहस सुरु भएको थियो । पहिलो दिनको सुनुवाइमा न्यायाधीश र कानुन व्यवसायीबीच सवालजवाफ भएको थियो । चार कानुन व्यवसायीले बहस गरेको इजलासमा प्रधानन्यायाधीश र अधिवक्ता डा. भीमार्जुन आचार्यको बहस रोचक भएको थियो । बहुमतको सरकारले  प्रतिनिधिसभा विघटन गर्न किन नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पटक पटक प्रश्न गरेका थिए । 

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भन्दै  सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट दायर भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, विश्वम्भरप्रसाद श्रेष्ठ अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेलबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ ।





  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १२:४७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया