भारतमा कोरोना खोप लगाएका स्वास्थ्यकर्मीको मृत्यु
सांकेतिक तस्वीर

भारतको कोरोना खोप लगाएका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।  इन्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार कर्नाटक राज्यको बालारी जिल्लामा  रहेको एक सरकारी अस्पतालमा काम गर्ने ४३ वर्षीय स्वास्थ्यकर्मीको मृत्यु भएको हो । 

नागराज नामका ती व्यक्ति सोमबार बिहान अस्पतालमा ड्यूटी गर्दै थिए । उनले ड्यूटीकै समयमा बिहान ९ः३० बजेतिर मुटु दुखेको बताएका थिए । त्यसपछि बिरामी पर्दै गएका उनलाई तत्काल अस्पतालमा उपचार थालिएको थियो । 

थप उपचारका लागि जिन्दाल संजीवनी अस्पताल पठाइएको थियो । सोमबार बिहान ११ः३० बजेतिर जिन्दाल संजीवनी अस्पताल भर्ना भएको ती स्वास्थ्यकर्मीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।  

इन्डियन एक्सप्रेसको खबर अनुसार उनले नजवरी १६ मा दिउँसो १ बजेतिर कोरोनाको खोप लगाएका थिए । त्यसको २४ घण्टासम्म उनलाई कुनै समस्या देखिएको थिएन । 

उनको मृत्यु ह्दयघातबाट भएको चिकित्सकहरुले बताएका छन् । शव पोस्टमार्टमका लागि पठाएको र उनको मृत्युका थप कारणबारे त्यसपछि अनुसन्धान हुने कर्नाटकको स्वास्थ्य विभागलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले खबर दिएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार ११:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया