परिसूचक २४ सयनजिक पुग्दा करिब आठ अर्बको कारोबार

साताको अन्तिम कारोबार दिन सेयर बजार नयाँ उचाइमा पुगेको छ । आज सेयर परिसूचक नेपाली सेयर बजारको अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । सूचकसँगै कारोबार रकमसमेत बृद्धि भएको छ ।

बिहीबार २ हजार ३७२ दशमलव ८६ विन्दुदेखि खुला भएको बजार २ हजार ३७६ विन्दुसम्म पुगेको थियो । बजार बन्द हुँदा अघिल्लो कारोबार दिनभन्दा ३१ दशमलव ८७ अंक बढेर २ हजार ३७४ दशमलव ६४ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५९ अंक बढेर ४४५ दशमलव ५९ विन्दुमा पुगेको छ ।
बिहीवार ७ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर किनबेच भएको छ । 

उच्च अंकले बढेको बजारमा बैंकिङ र म्यचुअल फण्ड बाहेकका सबै समूहको परिसूचक बढेको छ । यो दिन बैंकिङको शून्य दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशतले परिसूचक घटेको हो ।

सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा बिहीबार पनि नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ । कम्पनीको ५३ करोड ३३ लाख १२ हजार बराबरको सेयर कारोबार भएको हो ।

निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ९४ प्रतिशतले बढेको दिन लघुवित्तको परिसूचक ४ प्रतिशतले उकालो लागेको छ । जलविद्युतको ३ दशमलव ७७ प्रतिशत, वित्तको २ दशमलव ८४ प्रतिशत, जीवन बीमाको २ दशमलव ७१ प्रतिशत बढेको​ छ ।



त्यसैगरी, विकास बैंकको परिसूचक १ दशमलव २४ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, होटलको शून्य दशमलव ६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४४ प्रतिशतले बढ्दा व्यापारिकको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ । 

बिहीबार सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको अन्तिम मूल्य १५१८ पुगेको हो । 



उच्च अंकले बढेको बजारमा नारायणी डेभलपमेण्ट बैंकका लगानीकर्ताले  सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७० प्रतिशतले घटेर ६९६ मा पुगेको छ ।

२०९ कम्पनीको ६९ हजार ३३३ पटकको कारोबार भएको बिहीबार  १२ कम्पनीको मूल्य स्थिर रहेको छ भने २८ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर मूल्य बढेको छ ।

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १६:२६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया