देउवाको नयाँ चाल : रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव

नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन्।  प्रतिनिधिसभा विघटनपछि त्यसको पुनर्स्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिएका पौडेललाई देउवाले गत सोमबार  निवासमै पुगेर प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलेको छ। 

गत सोमबार देउवा र पौडेलले वन टु वन छलफल गरेको स्रोतले जानकारी दिएको छ।

देउवाले निर्वाचनपछि सरकारको नेतृत्व कांग्रेसको हातमा आउने दावी गर्दै त्यसको नेतृत्वका लागि पौडेललाई अफर गरेको स्रोतको भनाइ छ। 

 देउवाले प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन भन्दा कांग्रेले निर्वाचनमा जोड दिनुपर्ने पक्षमा देउवा देखिएका छन्। 

प्रधानमन्त्री ओलीले जसरी पनि निर्वाचन गराउने तयारीमा गरेको भन्दै देउवाले पौडेललाई निर्वाचनमा लाग्न र त्यसपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्। देउवाको यस प्रस्तावबारे पौडेलले अहिलेसम्म मुख खोलेका छैनन्। 

स्रोतका अनुसार देउवाले अब हुने निर्वाचनमा कांग्रेसले बहुमत नै ल्याउन सक्ने, नभएको ठूलो पार्टी बन्ने पक्का भएको पौडलसमक्ष दावी गरेका थिए। 



छलफलका क्रममा देउवाले पार्टी महाधिवेशनमा आफूलाई सघाउन पौडेलसमक्ष प्रस्ताव गरेको जानकारीमा आएको छ।  बिहीबार कांग्रेसको वडास्तरीय विरोध प्रदर्शनको क्रममा सम्बोधन गर्दै पौडेलले संसद विघटन गरेर निर्वाचन घोषणा आफूहरुको लागि फाइदा कै विषय भएपनि संवैधानिक सर्वोच्चका लागि आफूहरुले संसद पुनर्स्थापनाको माग गरेको बताएका थिए।

 देउवाले गरेको प्रस्तावमा सहमत नहुन देउवा इतरका नेताहरुले पौडेललाई आग्रह गरेका छन्।  महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह सहितका नेताहरु पौडेललाई सभापतिको प्रस्ताव नमान्न दबाब दिएका छन्। 



कोइराला, सिटौला सहितका नेताहरु प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन नहुने बुझाइमा छन्।  त्यसलाई देखाएर सभापति देउवाले पार्टी महाधिवेशनलाई आफ्नू अनुकुल प्रयोग गर्ने खोजेको निष्कर्ष उनीहरुले निकालेका छन्। 

  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार ९:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया