पूर्वी नवलपरासीमा एक मोटरसाइकल रुखमा ठोकिक्दा दुई जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा दुर्घटना भएको हो ।
शुक्रबार राति कावासोती नगरपालिका–८, मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका–३ का २४ वर्षीय हेमराज थापा र कावासोती–८ का २६ वर्षीय सुनिल जैसवाल रहेका छन् ।
सडकमा गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई एक्कासी सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।