सरकारको ऋण १५ खर्ब, एक नेपालीको टाउकोमा ४६ हजार ६ सय ९९

सरकारको आन्तरिक र बाह्य गरी ऋण झण्डै १५ खर्ब पुगेको छ । जसअनुसार एक नेपालीको टाउकोमा ४६ हजार ६ सय ९९ रुपैयाँ ऋण पुगेको छ । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक बुलेटिनअनुसार मंसिर मसान्तसम्ममा कुल १४ खर्ब ९६ करोड ५६ लाख ऋण पुगेको हो ।

मन्त्रालयका अनुसार सरकारको बाह्य ऋण ८ खर्ब २० अर्ब ८२ करोड रहेको छ भने आन्तरिक ऋण ६ खर्ब ७० अर्ब १४ करोड पुगेको छ । आन्तरिकतर्फ १२ अर्ब २३ करोड ब्याज भुक्तानी भएको छ भने बाह्य ऋणतर्फ साँवा २९ अर्ब ५६ करोड तथा ब्याज २ अर्ब ६२ करोड गरी ३२ अर्ब ५६ करोड रकम भुक्तानी भइसकेको छ । 

यस अवधिमा कुल २७ अर्ब २४ करोडबराबरको वैदेशिक सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षकै मंसिर मसान्तसम्ममा ६ अर्ब ३२ करोड ३५ लाख वैदेशिक अनुदान भित्रिएको छ । 

मन्त्रालयका अनुसार मंसिर मसान्तसम्ममा २० अर्ब ९१ करोड ८६ लाख वैदेशिक ऋण भित्रिएको छ ।





  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार १९:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया