हरेक महिना उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्ने आइसिसीको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले हरेक महिना उत्कृष्ट खेलाडी (आइसिसी प्लेयर अफ दि मन्थ) अवार्ड प्रदान गर्ने भएको छ ।

हेरक महिना अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा एक–एक पुरुष र महिला खेलाडीलाई यो अवार्ड प्रदान गरिने आइसिसीले जनाएको छ । 

आइसिसीले स्वतन्त्र भोटिङ एकेडेमीमा प्राप्त भोटका अधारमा हेरक महिनाको पहिलो तारिखमा अवार्ड विजेताको घोषणा गर्नेछ । जसमा विश्वभरका पूर्व खेलाडी, बोर्डकास्टर्स र खेल पत्रकारले इमेलमार्फत् आफ्नो भोट पठाउन पाउनेछन् ।

प्रदर्शनका आधारमा ३–३ पुरुष र महिला खेलाडीलाई मनोनयमा राखिने छ र ती ३ मध्ये जसले बढी भोट प्राप्त गर्नेछ उसैलाई विजेता घोषणा गरिनेछ ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १४:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया